सुर्खेत २० मंसिर । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ ।
निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ। समानुपातिकमा नेकपा एमाले २८ लाख ४५ हजार ६ सय ४१ मतसहित पहिलो भएको छ ।
यस्तै नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएर दोस्रो दल बनेको छ । माओवादी ११ लाख ७५ हजार ६ सय ८४ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर चौथो भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १३, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको छ। योसँगै सात राजनीतिक दलले ३ प्रतिशत मत ल्याएर थ्रेस होल्ड पार गरेर राष्ट्रिय दलको मान्यता पाएका छन ।
नेकपा एकीकृत समाजवादी थ्रेस होल्ड कटाउन असफल भएको छ । एकीकृत समाजवादीले समानुपातिकमा २ लाख ९८ हजार ३ सय ९१ मत ल्याएको छ । थ्रेस होल्ड नकटाउने ४० दलले १२ लाख ७७ हजार ६ सय ५४ मत पाएका छन ।
संवाददाता । मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित