Karnali Media
२०८३ भदौ १४ , आइतबार

सुर्खेतमा महिलाको घाँटी रेटी हत्या, श्रीमान पक्राउ



सुर्खेत । सुर्खेतमा एक युवाले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन्।

पञ्चपुरी नगरपालिका ३ तोक्माका ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया श्रीमती मिना आलेको घाँटी रेटेर हत्या गरेका हुन्।


आलेलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्य चौकी नजिकबाट पक्राउ गरेको हो।

आलेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवम डीएसपी सुरज कार्कीले जानकारी दिए। कार्कीका अनुसार आलेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखिएको छ।

प्रकाशित मिति : २०७९ मंसिर २० गते मंगलबार