सुर्खेत । सुर्खेतमा चर्को व्याजदरको विरोधमा अटोमोवाइल्स एसोसिएसनले शान्तिपूर्ण धर्ना गरेको छ । बिहिबार वीरेन्द्रनगरको मंगलगढी चौकमा शान्तिपूर्ण विरोध धर्ना गरिएको हो ।
सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको साथै सो आयात प्रतिबन्ध साथसाथै अटोमोवाइल व्यवसाय संग सम्बन्धित बिषयहरुमा र नेपाल राष्ट्र बैंकले लगाएको चर्को व्याजदरको विरोधका लागि बिभिन्न माग तथा सुझावहरु राखेर शान्तिपूर्ण विरोध धर्ना गरेको अटोमोवाइल्स एसोसिएसन कर्णालीका अध्यक्ष भद्र भण्डारीले बताए ।
विगत आठ महिना देखि आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्नुपर्ने ।, नेपाल राष्ट्र बैंकको चालु पूजी कर्जा तत्काल मार्गदर्शन २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाह लागु गरिनुपर्ने ।, नेपालको विनिमय निकायहरुले कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा गरेको व्याज बढाउने निर्णयले अटोमोवाइल लगाएत समग्र उधोग व्यावसाय नै गम्भिर रुपले प्रभावित भएको कारण व्यावसायीले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएकोले हालको व्याज तथा प्रिमियम दरलाई तत्काल नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नुपर्ने ।, बैंकहरुको तरलता अभावलाई सहज बनाउन ‘सिडि रेसियो’ लाई पुनरावलोकन गनुपर्ने जस्ता माग राख्दै आज मंगलगढी सुर्खेत सहित देशभर अटोमोवाइल्स एसोसिएसनले धर्ना गरेको हो ।
संवाददाता । बिहिबार, मङि्सर २२, २०७९ मा प्रकाशित