सुर्खेत । राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल, जिल्ला कार्य समिति सुर्खेतको पाँचौ जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सुरु भएको छ। शनिबार राष्ट्रिय भूमिअधिकार मञ्च सुर्खेतले आयोजना गरेको उक्त सम्मेलन आईतबार समापन हुनेछ।
राष्ट्रिय भूमिअधिकार मञ्च सुर्खेतले २०६५ सालदेखि जिल्लाका भूमि समस्याका बारेमा सरोकारवालासंग समन्वय गरी समाधानका लागि पहल गर्ने काम गर्दै आएको छ। आज पाँचौ जिल्ला सम्मेलनमा मंगलगढी चौकबाट निकालिएको र्याली पिपलचौतारमा गएर कोणसभामा परिणत भएको थियो।
भूमि अधिकार मञ्च सुर्खेतका अध्यक्ष कुष्णा खत्रीले भूमि सम्बन्धि बिभिन्न समस्या समाधानका लागि सरोकारवाला संग निरन्तर पहल गर्दै आएको बताईन । सुर्खेतमा भूमिहिन सुकुम्बासीका समस्याहरु समाधान गर्न चुनावमा राजनितिक दलका एजेण्डा बनेपनि यसको समाधान हुन नसकेको बताईन् । भूमि अधिकार मञ्च सुर्खेतले गरेका बिभिन्न कामहरुको स्मरण गर्दै उनले आगामी दिनमा भूमि समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताईन् ।
कार्यक्रममा सहभागिहरुले सरोकारवालाले भूमि समस्या समाधान गर्न देखाएको ढिलासुस्तीमा गुनासो गरेका थिए । यस्तै भूमि अधिकार मञ्च सुर्खेतको पाँचौ जिल्ला सम्मेलनको भोली समापन हुनेछ ।
तस्बिरहरु :
संवाददाता । शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित