सुर्खेत । कर्णाली प्रदेशबाट ७ जना सांसद समानुपातिकको अन्तिम बन्दसूचीमा परेका छन् । दलहरुले प्रतिनिधि सभामा समानुपातिक सांसदको अन्तिम टुङ्गो लगाएका संगै कर्णालीबाट नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले प्रतिनिधिसभाको समानुपातिक सांसदको टुङ्गो लगाएका हुन् ।
नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ र नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी स्वतन्त्र पार्टी १ १ गरी ७ जना सांसद कर्णाली प्रदेशवाट समानुपातिकको अन्तिम बन्द सूचीमा परेका छन् । नेपाली कांग्रेसले जुम्लाकी कान्तिका सेजुवाल र जाजारकोटकी मैना रावललाई महिला खस आर्य पिछडिएको क्षेत्रबाट सांसद बनाएको छ । यस्तै, दैलेखकी सिता कुमारी रानालाई आदीवासी जनजातीतर्फबाट सांसद बनाएको हो ।
नेकपा एमालेले आदीवासी जनजातीतर्फ दैलेखकी सुर्य कुमारी श्रेष्ठ र दलिततर्फ रुकुमश्चिमका चन्द्र बहादुर विश्वकर्मालाई समानुपातिक सांसदको अन्तिम बन्दसूचीमा नाम सिफारिस गरेको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र)ले आदीवासी महिलातर्फ हुम्लाकी छिरिङ ल्यामु लामा तामाङलाई र राष्ट्रिय स्वतन्त्र पार्टीले पिछडिएको क्षेत्र महिलातर्फ जुम्लाकी बिनिता कठायतलाई समानुपातिक सांसदमा अन्तिम टुङ्गो लगाएको हो ।
संवाददाता । आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित