Karnali Media
२०८३ असार २ , मंगलबार

स्वास्थकर्मीलाई गालिगलोज तथा धम्की दिनेलाई कार्वाही नभए दुल्लु अस्पतालले सेवा बन्द गर्ने



दैलेख । दैलेखको दुल्लु अस्पतालको प्रशासनिक फाँटमा प्रवेश गरी स्वास्थकर्मीलाई गालिगलोज तथा अपशब्द बोल्ने व्यक्तिलाई उचित कानुनी कार्वाही नभए अस्पतालका सम्पूर्ण सेवा बन्द गर्ने दुल्लु अस्पतालले जनाएको छ ।

दुल्लु अस्पतालले निकालेको प्रेस विज्ञप्ति अनुसार आईतवार कार्यालय समयमा टिकाराम कार्की नाम गरेका व्याक्तिले विना अनुमति अस्पतालको प्रशासनिक तथा स्टोर फाँटमा प्रवेश गरी प्रशासनिक कार्य गरिरहेको समयमा दुल्लु अस्पताल प्रमुख डा.राजन नकर्मी लगायत स्वास्थकर्मीलाई गालिगलोज, छाडा अपशब्द बोल्दै हातपात सहित ज्यान मार्ने धम्की दिएकोले दोषिमाथी उचित कानुनी कार्वाहीको माग राख्दै कार्वाही नभए अस्पतालकम सम्पूर्ण सेवाहरु बन्द गर्ने दुल्लु अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति : २०७९ मंसिर २५ गते आइतबार