Karnali Media
२०८३ असार २ , मंगलबार

वीरेन्द्रनगरमा पूर्वसुचना प्रणाली सम्बन्धि अभिमुखिकरण कार्यक्रम



सुर्खेत । वीरेन्द्रनगरमा विपद् पूर्वसुचना प्रणाली सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । आईतबार वीरेन्द्रनगर–१२ शिवनगर टोल र नोलो टोलमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी र वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा भएको अभिमुखिकरण कार्यक्रममा विपद् पूर्वसुचना प्रणाली सम्बन्धि स्थानियलाई जानकारी दिइृएको थियो । बिभिन्न विपद्हरु बाढी, आगलागी, भूकम्पको बेला कसरी सुरक्षित रहने साथै के–कस्ता पूर्वतयारी गर्ने र पूर्वसुचना कसरी प्राप्त गर्ने भन्नेबारे अभिमुखिकरणमा छलफल भएको थियो ।


स्थानियले पनि अभिमुखिकरणबाट विपद्को समयमा कसरी सुरक्षित रहने भन्नेबबारे जानकारी पाएको बताए ।

प्रकाशित मिति : २०७९ मंसिर २६ गते सोमबार