सुर्खेत । सुर्खेतको भेरीगंगामा रेविज संक्रमण फैलिदै गएको छ । जसबाट एक जना मानिस र पशु–चौपायाको समेत मृत्यु भएको जनस्वास्थ्य कार्यालय जनाएको छ ।
गत साउन १७ गते बिरामी कुकुर मरेपछि ल्याव टेष्ट गर्दा रेविज रोग देखिएको थियो । त्यसपश्चात नै सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए । ३६० कुकुरलाई रेविज खोप लगाईसकेको भए पनि २६ पशुको मृत्यु भएको जनस्वास्थ्यले जनाएको छ । मृत्यु भएका पशु मध्ये ५ को ल्याव टेष्ट गर्दा ५ वटा मै रेविज पुष्टि भएको हो ।
अहिले घरपालुवा कुकुरहरुलाई रेविज लाग्न नदिन विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । समुदायमा छोडिएका छाडा कुकुरहरुले गर्दा रेविज नियन्त्रणमा समस्या भएको हो । छाडा छोडिएका कुकुरहरुलाई खोप लगाउन समस्या हुदा सामुदायिक छाडा कुकुरहरुले गर्दा अत्यधिक मात्रामा रेविज देखिएको सुर्खेतको भेरीगंगा नगरपालिकाका पशु सेवा शाखाका भोज प्रसाद चपाईले बताए ।
अहिले भेरीगंगाका लगभग ८० जना मानिसले रेविज विरुद्धको खोप लगाई सकेका छन् । यता, कर्णाली प्रदेश पशुसेवा निर्देशनालयका सुचना अधिकारी मोहन गिरी रेविज नियन्त्रणको सबै जिम्मा स्थानिय सरकारलाई दिएको र स्थानिय सरकारलाई आवश्यक सहयोग गर्ने बताउँछन् ।
संवाददाता । सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित