Karnali Media
२०८३ भदौ १४ , आइतबार

महिनावारी स्वच्छताबारे सचेतना कार्यक्रम



सुर्खेत । सुर्खेतमा महिनावारी स्वस्छता र हात धुने सहि तरिकाबारे सचेतना कार्यक्रमको सुरुवात गरिएको छ । इनर ह्विल क्लव अफ सुर्खेत भ्यालीले कार्यक्रमको सुरुवात गरेको हो।

यसै अन्तर्गत आज जन मावी वीरेन्द्रनगर सुर्खेतमा सचेतनामुलक कार्यक्रम गरिएको छ। विद्यालयमा महिनावारी बारे दिईने शिक्षाले महिनावारीलाई सहज र स्वस्थ बनाउने साथै महिनावारी स्वच्छताको स्वस्थ अभ्यासलाई अनुसरण गर्दा यौन तथा प्रजनन स्वास्थमा संक्रमण हुने घटना ९० प्रतिशत कम हुने इनर ह्विल क्लव अफ सुर्खेत भ्यालीको अध्यक्ष लक्ष्मी कार्की प्रधानको भनाई छ।


यस्तै, जन मावीमा भएको सचेतना कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक याम श्रेष्ठ, सहजकर्ता डा. कृतिका थापा श्रेष्ठ (स्त्री रोग विशेषज्ञ), सुस्मिता वनिया (नर्स), लक्ष्मी गुरुङ, गंगा वस्याल, कृष्ण शाही तथा कार्यक्रम संयोजक राधा खड्का रहेको उक्त कार्यक्रम संचालन नम्रता तुसुजुले गरेकी थिईन् ।

प्रकाशित मिति : २०७९ मंसिर २८ गते बुधबार