काठमाण्डाै । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बिहान भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत प्राप्त गर्दा महामन्त्री गगन थापाले भने २५ मत प्राप्त गरे ।
कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवासँग थापाले पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा उत्रिएका हुन् । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
वि स २०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सरेका थिए । दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, पुष ०६, २०७९ मा प्रकाशित