सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभालाई उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वनियतामा गम्भीर आग्रह गरेकी छन् ।
कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपती भण्डारीले देशको अवस्था र पत्रकारिताको भुमिकाको सन्दर्भमा ध्यान जाने आशा व्यक्त गरिन् । पत्रकार हकहितका लागि गठन भएको पत्रकार महासंघले महत्त्वपूर्ण योगदान दिएको बताउँदै । प्रणालीले राम्रो सङ्ग काम गर्न नसके जति सुकै राम्रो संविधान भएपनी केही नहुने बताईन् ।
नेपाली जनताको चाहाना मुलुकको तिब्र विकास होस्। राज्यले कुनै पनि विभेद नगरोस् भन्ने छ । जनताले शिक्षाको विकास र सहज पहुच खोजेको उनको भनाई छ । पत्रकारीताको विकास सङ्गै चुनौती पनि थपिएको बताउँदै । पत्रकारिताको स्वतन्त्र अभ्यास लोकतन्त्रको महत्त्वपूर्ण पक्ष भएको र यसको अभ्यासलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ ।
संवाददाता । शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित