Karnali Media
२०८३ साउन २३ , शनिबार

भेरी नदीमा वेवारिसे शव भेटियो



सुर्खेत । भेरी नदीमा वेवारिसे शव फेला परेको छ। शुक्रबार साझ साढे ७ बजेको समयमा शव फेला परेको हो। सल्यानको कुपिण्डे नगरपालिका–२ कालिभिर स्थित भेरी नदीको किनारमा एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ।

उक्त व्यक्तिको शव नदीमा तैरिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त पुरुषको नामथर खुल्न सकेको छैन्। प्रहरीका अनुसार शरीरमा कुनै लुगा नभई घोप्टो अवस्थामा शव फेला परेको थियो।


उक्त शव अन्दाजी २०/२२ बर्षको पुरुष व्यक्तीको रहेको प्रहरीले अनुमान गरेको छ। अनुसन्धानको लागि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षकको कमाण्डमा मा ५ जना प्रहरी टोली खटिएको छ।

 

प्रकाशित मिति : २०७९ पुस ९ गते शनिबार