Karnali Media
२०८३ साउन २५ , सोमबार

रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा जाने



१० पुस, काठमाडौं । बालकोट बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार सरकारलाई समर्थन गर्ने निर्णय भएको छ ।

उनका अनुसार पार्टी सरकारमा जाने मोटामोटी सहमती भएको छ । उनले भने, ‘सरकारमा जाने मोटामोटी सहमती भएको छ । तर, अब मन्त्रालयको विषयमा भने टुंगो लगाउन बाँकी छ ।’


मन्त्रालयको विषयमा भोलिसम्म टुंगो लगाउने उनले बताए । उनले भने, ‘सरकारलाई समर्थन गर्ने र सरकारमा जाने विषय आज टुंगियो । मन्त्रालयको विषय पार्टीमा छलफल गरेर भोलिसम्म टुंगो लाग्छ ।’

प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार