Karnali Media
२०८३ असार १५ , सोमबार

कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेश सांसदले आज शपथ लिँदै



सुर्खेत, ११ पुस । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोद कुमार शाहले आज दिउसो ३ बजे शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीले बताए ।

प्रदेश प्रमुखबाट विहान ११ बजे सपथ लिएपछि ज्येष्ठ प्रदेश सांसद शाहले अन्य ३९ सदस्यलाई कर्णाली प्रदेश सभा सचिवालयमा तीन बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । ४० सदस्यीय प्रदेशसभामा २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सांसद निर्वाचित भएका छन् ।


यस्तै, प्रदेश सभा सदस्यलाई निर्धारित समयभन्दा २ घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो संस्कृती झल्कने पोशाकमा उपस्थितिको लागि पनि प्रदेश सभा सचिवालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार