Karnali Media
२०८३ असार ३ , बुधबार

जुम्लामा कार्यरत प्रमुख सेनानी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला



सुर्खेत । नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी जुम्लामा कार्यरत थिए । बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

रुपाखेती नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत थिए । उनी आज बिहान बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रवक्ता श्रेष्ठले बताए ।


घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार