सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए उनीहरुलाई सोमबार बेलुका ६ बजे पक्राउ गरिएको उनले बताए ।
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागुऔषधसहित चारै जनालाई पक्राउ गरेको उनले बताए । सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, सोमबार राति ११ बजे वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भुरेलीस्थित श्रवण हमाललाई कुटपिट गर्ने तथा अनिल बुढा र उनको श्रीमती पूजा बुढालाई चक्कु प्रहार गर्ने ३० वर्षीय डम्मर गुरुङलगायत सात जनाको समुहलाई प्रहरीले खोजी कार्य जारी राखेको छ । घाइतेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र कुटपिटमा प्रयोग भएको दुईवटा मोटरसाइकलको सखर बरामद भएको छ ।
संवाददाता । बुधबार, पुष १३, २०७९ मा प्रकाशित