Karnali Media
२०८३ भदौ १५ , सोमबार

कर्णालीमा माओवादीले आज संसदीय दलको नेता छान्दै



सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णालीमा आज संसदीय दलको नेता छान्दै छ। कर्णाली प्रदेशमा संसदीय दलको नेता छान्न माओवादी केन्द्रको प्रदेश कमिटीको बैठक बसिरहेको छ।

संसदीय दलको नेताको लागि ४ जनाले दाबी पेश गरेका छन्। रुकुम पश्चिमका राज कुमार शर्मा, सुर्खेतका विन्दमान बिष्ट र कृष्ण जिसी साथै कालिकोटका दुर्ग बहादुर रावतले मंगलबार प्रदेश समन्वय समितिको बैठकमा दाबी पेश गरेका हुन्।


आज नै संसदीय दलको नेताको टुङ्गो लगाउने गरी बैठक जारी रहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २०७९ पुस १३ गते बुधबार