सुर्खेत । कर्णालीमा नेकपा एमाले संसदीय दलको नेता छान्न आज संसदीय दलको बैठक बस्दै छ।
संसदीय दलको नेताको लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज यामलाल कंडेल र एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह आकांक्षी छन् । शाह दैलेख बाट निर्वाचित सांसद हुन भने कंडेल सुर्खेत बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
२०७४ को निर्वाचनमा पहिलो बनेको एमालेको नेतृत्व नेता कंडेलले आफ्नो नेतृत्वमा भने कर्णाली प्रदेश सरकार निर्माण गर्न सकेनन् । प्रदेश सभामा आफ्नो नेतृत्वको सरकार बनाउने आकांक्षाले उनले निर्वाचनमा पुनः प्रदेश सभा नै रोजेका थिए।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, पुष १३, २०७९ मा प्रकाशित