सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राज कुमार शर्मा सर्वसम्मत चयन भएका छन् । आज बसेको माओवादी केन्द्रको प्रदेश कमिटीको बैठक बैठकले उनलाई सर्वसम्मत चयन गरेको हो ।
उनी रुकुम पश्चिमबाट निर्वाचित सांसद हुन्। संसदीय दलको नेताको लागि रुकुम पश्चिमका राज कुमार शर्मा लगायत सुर्खेतका विन्दमान बिष्ट र कृष्ण जिसी साथै कालिकोटका दुर्ग बहादुर रावतले मंगलबार प्रदेश समन्वय समितिको बैठकमा दाबी पेश गरेका थिए।
संवाददाता । बुधबार, पुष १३, २०७९ मा प्रकाशित