Karnali Media
२०८३ भदौ ४ , बिहीबार

कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गते आह्वान



सुर्खेत । पुस १८ गते कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरिएको छ। नेपालको संविधान धारा १८३ को उपधार (१) बमोजिम प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशनका लागि आह्वान गरेका हुन्।

प्रथम अधिवेशन आह्वानको लागि बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाएको थियो।


कर्णाली प्रदेश सभाको दोस्रो कार्याकालको पहिलो बैठको अध्यक्षता कार्यवाहक सभामुखको रुपमा प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले गर्ने छन्।

प्रकाशित मिति : २०७९ पुस १४ गते बिहीबार