सुर्खेत । सुर्खेतमा बढ्दै गएको लागूऔषधको नियन्त्रण गर्न प्रहरी सक्रिय भएर लाग्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताएका छन् ।
सुर्खेत प्रहरी प्रमुखमा सरुवा भएर आएका प्रहरी निरीक्षक थापाले आईतबार पत्रकारसंगको परिचायात्मक कार्यक्रममा सुर्खेतमा पछिल्लो समय बढ्दै गएको लागुऔषध लगायतका बिभिन्न समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
पछिल्लो समय बढ्दै गएको लागूऔषध सेवन तथा कारोवार नियन्त्रणका लागि पनि योजना बनाएर काम गर्ने एसपी थापाले बताए । लागूऔषधले व्यक्ति, परिवार समाज हुँदै राष्ट्रलाई नै हानी पुर्याउने उल्लेख गर्दै एसपि थापाले लागूऔषध नियन्त्रणका लागि योजनाका साथ काम गर्ने बताए । सुर्खेत पछिल्लो समय लागू औषध कारोबारका लागि हब बन्दै गएको छ । बाँके, कैलाली लगायतका जिल्लाबाट सुर्खेत हुँदै कर्णालीका अन्य जिल्लामा समेत लागूऔषध ओसारपसार हुने गरेको छ ।
पत्रकारसंग सुर्खेतका बिभिन्न समस्या र समाधानका बिषयमा छलफल गर्दै एसपि थापाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई बढाउँदै सचेतनाका कार्यक्रम पनि बृद्धि गर्ने योजना रहेको बताए । साथै प्रहरी कर्मचारीले नै गल्ति गरेको खण्डमा पनि कानुन बमोजिम कार्वाही गर्ने उनको भनाई छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, पुष १७, २०७९ मा प्रकाशित