सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जिवन बहादुर शाहीले कर्णालीमा बिपक्षी रोक, भोक र गरिबी भएको बताएका छन् । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै उनले हाम्रो बिपाक्षी गएको पाँच बर्ष पनि कर्णालीका समस्या भएको र अब पनि रहने बताए ।
प्रदेश सभा सदस्य सबैलाई बधाई तथा सुभकामना व्यक्त गर्दै उनले कर्णाली प्रदेश सभाको पहिलो कार्याकालमा धेरै कामहरु तथा ऐन, निती नियमहरु बनाउने काम भएको बताउँदै । यसपटक काम गर्न झनै सहज हुने बताए । प्रदेश सांसदहरुको काम ऐन तथा निती नियम बनाउने भएको भन्दै यो कार्याकालमा पनि महत्वपूर्ण काम गर्ने उनको भनाई छ ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्याकालको पहिलो बैठको अध्यक्षता कार्यवाहक सभामुखको रुपमा प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले गरेका छन्।
संवाददाता । सोमबार, पुष १८, २०७९ मा प्रकाशित