दैलेख । दुल्लुमा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मंगलबार मध्यपहाडी राजमार्ग अन्तर्गत दुल्लु नगरपालिका वडा नम्बर ९ मा पर्ने गोबे धारामा टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा चालकको मृत्यु र दुई जना घाईते भएका छन्।
मृत्यु हुनेमा दुल्लु नगरपालिका वडा नम्बर ३ सियाला बस्ने अन्दाजी बर्ष २८ का धनबहादुर बुढा रहेकाे इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाङ्गिले जानकारी दिए।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
टिप्पर सडकबाट करीब १ सय ५० मिटर तल खसेको थियो । घाईतेको दुल्लु अस्पतालमा उपचार भैरहेको छ । उनीहरु दुल्लु नगरपालिकामा कार्यरत थिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित