Karnali Media
२०८३ साउन ३ , आइतबार

जुम्लामा लडेर एक जना महिलाको मृत्यु



दाउरा संकलन गर्न गएको अबस्थामा लडेर जुम्लामा एक जना महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका–६ घोडेगाउँकी वर्ष ३० कि रामपुरा रोकायाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जंगलमा दाउरा संकलन गर्न तिर गएको अबस्थामा लडेर मंगलबार दिउँसो ४ बजे रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।


लडेर घाइते भएकी उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि बुधबार ल्याइएको थियो। घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति : २०७९ पुस २० गते बुधबार