सुर्खेत । सुर्खेतमा ‘प्राईमसेवा’को शाखा उद्घाटन गरिएको छ । बुधबार वीरेन्द्रनगरमा प्राइमसेवा सुर्खेत शाखाको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।
कर्णाली प्रदेश भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले प्राईमसेवाको सुर्खेत शाखा उद्घाटन गर्दै युवाको जोस जाँगगरले राष्ट्र उज्यालो पार्ने बताए। अब युवाहरू स्वरोजगार बन्नुपर्ने बताउँदै कर्णाली सम्भावनाको खानी रहेको र यसको पहिचान गरि युवाहरुले देशमा नै सेवामुखी कामहरु गर्नुपर्ने बताए। उनले भने, ‘समाजमा नै केही गर्छु भन्ने युवाहरुको लागि कर्णाली प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गर्नेछ । अब काम खोज्दै विदेश जाने प्रवृत्ती अन्त्य गरी स्वदेशमै सम्भावना र अवसर खोज्नुपर्छ ।’ कर्णाली प्रदेश र समग्र राज्यलाई प्राइमसेवाको जस्तो सेवामुखी सोच भएका युवाहरुको खाँचो रहेको मन्त्री रोकायाको भनाई छ।
प्राईमसेवाको सुर्खेत शाखा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ मा रहेको छ । प्राईमसेवाको मोवाईल एप्लिकेसनबाट विभिन्न सेवाहरु लिन सकिने प्राईमसेवाले जानकारी दिएको छ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथी भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाका साथै विरेन्द्रनगर नगरपालिका ६ का वडा प्रतिनिधि, स्थानीय अटोमोबाइल्स संघका अध्यक्ष, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत स्थानीय युवाहरूको सहभागीता थियो।
संवाददाता । बुधबार, पुष २०, २०७९ मा प्रकाशित