सुर्खेत । कर्णाली प्रदेश सरकार गठन गर्न प्रदेश प्रमुख तिलक परियारले आह्वान गरेका छन्। बिहीबार प्रदेश प्रमुख परियारले पुस २७ गते अपराह्न ५ बजेसम्म संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुईवा सो भन्दा बढीलह दरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ ।
केन्द्रमा नेकपा एमाले र माओवादी बीचको समिकरणका कारण कर्णालीमा पनि यिनै दुई दलमध्ये एकको नेतृत्वमा सरकार बन्ने देखिन्छ । अहिले एमाले र माओवादीका नेताहरुले आफ्नो दलको नेतृत्वमा सरकार बनाउन पार्टीको केन्द्रीय कमिटीलाई आग्रह गरिरहेका छन् ।
४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २१ सिट आवश्यक पर्दछ । कर्णालीमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १–१ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
संवाददाता । बिहिबार, पुष २१, २०७९ मा प्रकाशित