सुर्खेत, २१ पुस । कर्णाली प्रदेशमा अझै पनि कर्मचारी अभाव रहेको छ। जसले गर्दासेवाग्राही प्रभावित हुँदै आएका छन्। यसमा केन्द्रीय सरकारले समयमा कर्मचारीको व्यवस्थापन नगर्दा स्थानीय सरकार कर्मचारी नपाएर समस्या परेको छ ।
प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारीको अभावले गर्दा एक कर्मचारीले दुई–दुईवटा स्थानीय पालिकाको काम हेर्नुपर्ने अवस्था रहेको छ । खासगरी प्रमुख प्रशासकीय अधिकृत नहुदा यस्तो समस्या सिर्जना भएको हो ।
दैलेख जिल्ला भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले अहिले दुई वटा पालिकाको काम गर्दै आएका छन् । यसले गर्दा पालिका स्तरमा हुने काममा बाधा परेको स्थानीय सरकाहरुले बताएका छन् । सम्बन्धित कार्यालय कर्मचारीहरुले अभावका कारण काममा बाधा परेको दर्शाउँदै कर्मचारी पठाउन आग्रह गर्दा पनि अहिलेसम्म सरकारले कर्मचारी नपठाएको भैरवी गाउँपालिका सूचना अधिकारी केन्द्र बहादुर शाहीले जानकारी दिए ।
प्रदेशका धेरै स्थानीय तहमा दरबन्दीअनुसारको कर्मचारीहरु छैनन । चारवटा पालिका रहेको गुगुमा चार वटै पालिका प्रमुख प्रशासकीय अधिकृत विहिन छन् । सरकारले दरबन्दी अनूसार कर्मचारी व्यावस्थापन गर्न नसक्दा तल्लो तहका कर्मचारीले हेर्ने गरेको जिल्ला समन्वय समिति कार्यालय मुगुका प्रमुख मन्जन बहादुर कार्की बताउछन् ।
६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा ३ वटा नागरिपालिका अधिकृत लेवलका कर्मचारी नहुदा निमितको भरमा संचानल भइरहेका छन् । प्रदेशमा कतिपय मन्त्रालयका कार्यालयहरुले पनि यस्तै समस्या भोग्दै आएका छन् । प्रदेशमा कर्मचारीको अभावले तिनले काम सम्पादन गर्न नसकेको अवस्था विद्यमान रहेको बताएका छन् । कर्णालीका दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्ने प्रवृतिले पनि कतिपय स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको छ । विकट जिल्लाका स्थानीय तहमा अझैपनि कर्मचारी नरहेको जनप्रतिनिधिहरुले बताएका छन् ।
यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने कर्णालका धेरै पालिकाहरुमा कर्मचारीको अभाव रहेको स्वीकार रेको छ । मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका उपसचिव रबिन्द्र जंग थापा अझै पनि कर्णालीका धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत खाली रहेको भन्दै त्यसको व्यवस्थापनमा सरकारले कार्यविधि बनाएर अगाडि बढ्ने तयारी गरेको जानकारी दिएका छन् ।
संवाददाता । बिहिबार, पुष २१, २०७९ मा प्रकाशित