सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कानुन र मापदण्ड विपरित जिल्लामा संचालनमा रहेका अबैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार सुचना जारी गर्दै प्रशासनले जिल्लाभित्र अनुमती नलिई, दर्ता तथा नविकरण नगरी संचालनमा रहेका ढुंगा, गिट्टी उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरुलाई बन्द गर्न निर्देशन दिएको हो ।
साथै, बिभिन्न आयोजना निमार्णको प्रयोजनका लागि संचालनमा आएका तर हाल उक्त प्रयोजन र आयोजना समाप्तपछि पनि संचालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न र स्थानीय तह तथा सुरक्षा निकायलाई समेत यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी सुचनामा भनिएको छ ।
प्रचलित कानुन बमोजिम संचालनमा रहेका क्रसर उद्योगहरुले यो संग सम्बन्धित कागजातहरु प्रशासनमा पेश गरी नियमानुसार संचालन हुनसक्ने व्यहोरा उल्लेख गर्दै अटेर गरे कानुन बमोजिम कडा सजाय हुने प्रशासनले जनाएको छ ।
संवाददाता । शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित