Karnali Media
२०८३ भदौ ३१ , बुधबार

दैलेख र कालीकोट सडक सञ्जालमा जोडिए



दैलेख । कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन् । कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन् । दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै ओदासम्म सडक सञ्जालले जोडिएका छन् ।

नेपाल सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डरुपमा लिइएको यो सडक नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महाबु, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने सडकका रुपमा लिइएको कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । अब केही दिनमै सडक गाउँपालिका केन्द्र पादमघाट पुग्ने गाउँमा अध्यक्ष सिंहले जानकारी दिए ।


महावै लेकको रक्साडको चट्टान फोडेर यातायातका साधन दैलेखदेखि महावु हुँदै कालीकोटको महावै गाउँपालिका केन्द्र नजिकैको ओदा गाउँ पुगेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ पुस २३ गते शनिबार