Karnali Media
२०८३ कात्तिक २३ , आइतबार

कर्णालीमा भ्रष्टाचार विरुद्धको युवा सम्मेलन हुँदै



सुर्खेत । कर्णाली प्रदेशस्तरीय भ्रष्टाचार विरुद्धको
युवा सम्मेलन आयोजना हुने भएको छ। बास नेपाल कर्णाली प्रदेशले सोमबार प्रदेशस्तरीय भ्रष्टाचार विरुद्ध सम्मेलन आयोजना गर्न लागेको हो।

सम्मेलनको प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री जीवनबहादुर शाही, अन्य अतिथिहरु नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटो लगायतको समुपस्थित रहने बासका प्रदेश संयोजक धीरेन्द्रकुमार शाहीले बताए। मुलुकमा भ्रष्टाचारजन्य गतिविधि विकराल बनेको भन्दै यसका विरुद्ध जनचेतना जगाउन सम्मेलन आयोजना गरिएको बास नेपालले जनाएको छ।


सम्मेलनमा कर्णाली प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्थाका प्रमुख एवंम् प्रतिनिधिहरुको सहभागिता हुने छ।सम्मेलनले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेश घोषणा पत्र २०७९ जारी गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०७९ पुस २४ गते आइतबार