सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा बन्ने पक्का भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।
कर्णालीमा माओवादीको सरकार बन्ने सहमति भएसङ्गै माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नेछन् । कर्णाली प्रदेश सभामा १३ सिट सहित माओवादी दोस्रो ठूलो दल पनि हो ।
सत्ता गठबन्धनको बैठकबाट कर्णालीमा माओवादीको नेतृत्वमा सरकार बन्ने भएपछी नेकपा एमालेले साभामुख पाउँनेछ । यदपी अहिलेसम्म एमालेबाट सभामुख को बन्ने भन्ने कुनै टुङ्गो लागेको छैन् ।
संवाददाता । आइतबार, पुष २४, २०७९ मा प्रकाशित