Karnali Media
२०८३ असार १० , बुधबार

पुस २७ गते बिदा दिने मन्त्रिपरिषद्को निर्णय



सुर्खेत । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो।

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ।


त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

प्रकाशित मिति : २०७९ पुस २५ गते सोमबार