नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने र प्रतिपक्षमा बस्ने बताएका छन्। मंगलबार बसेको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमा धारणा राख्दै उनले भने, ‘हामी सरकारमा सहभागी हुँदैनौं र प्रतिपक्षमा बस्छौँ।’
कांग्रेसले एकीकृत समाजवादीले जस्तै निर्णय लिएको हो। समाजवादीले पनि सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने निर्णय लिएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित