सुर्खेत । कर्णाली प्रदेशमा बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कार्यतालिका रहेको छ । नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता राजकुमार शर्मा ९आर्ट० ले तोकिएको समयभित्रै मुख्यमन्त्रीको दाबी पेस गर्ने गरि तयारी भइरहेको हो ।
यद्यपि नेकपा एमाले– माओवादीबीच पनि औपचारीक रुपमा ठोक निर्णय भइसकेको छैन । मंगलबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले सरकारमा जाने–नजाने, समर्थन गर्ने, नगर्ने विषयको सम्पुर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको थियो । त्यसपछि दुई दलका नेताहबीच सामान्यतयाः छलफल बाहेक ठोस निर्णय नभएको माओवादी स्रोत बताउँछ ।
माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लका अनुसार सामान्य छलफलमा यामलाल कँडेलले आलोपालो सरकार बनाउनुपर्ने आशय व्यक्त गरेका छन् ।
यद्यपि केन्द्रीय समीकरणले पाँच बर्षे नै कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउनुपर्ने निर्णय गरेको छ ।
एमाले स्रोतका अनुसार कँडेलले आलोपालो सरकार बनाउनुपर्ने बताउँदै आएका छन् ।
माओवादी प्रदेश इञ्चार्ज मल्लले आज ११ बजे दुई दलहरुबीच छलफल हुने र पाँच बजे अगावै माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखको कार्यालयमा गएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कार्यतालिका छ । यद्यपि एमालेले अहिलेसम्म कुनै निर्णय गरिसकेको अवस्था छैन ।
सो बैठकमा नै ठोस निर्णय गरेर अघि बढ्ने उनले बताए । यदि एमालेले आलोपालो सरकार बनाउनुपर्ने धारणा राखेको खण्डमा केन्द्रलाई जानकारी गराएपछि मात्रै मुख्यमन्त्रीको दाबी पेस गर्ने माओवादीको तयारी छ । कतिपएले एमालेले कांग्रेससँग पनि समीकरण गर्ने आकलन गरिरहँदा एमालेकै सांसदह भने त्यसो हुन् नसताइरक्ने बहेका छन्।
०७४ मा पनि प्रदेशमा एमालेकै कारण नेकपा विभाजनको डीलमा पुगेको कुरा स्मरण गर्दै एमालेका एक सांसदले भने,‘ कांग्रेससँग मिल्ने भन्ने कुरा बाहिरी हल्ला मात्र हो , ०७४ मा पनि त्यही भएर बिग्रीएको हो । त्यो कुरामा हामी सचेत छौँ । दल भित्र एक जनाले मात्रै चाहेर हुने होइन्, केन्द्रको निर्णको आधारमा अघि बढ्छौँ ।’
प्रदेश प्रमुख तिलक परियारले आज अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ ।
शर्मालाई एमालेले समर्थन गरे मात्रै सरकार बनाउनका लागि आवाश्यक बहुमत पुग्छ । ४० प्रदेश सभा सदस्यीय सभामा सरकार बनाउन न्यूनत सिट २१ हो । माओवादीको १३ र एमालेको १० सिट हुँदा पनि सरकार बन्छ भने राप्रपाको एक सिट सहित २४ सिट हुन्छ ।
अहिलेसम्म एमाले–माओवादीबीच नै ठोस निर्णय नहुँदा राप्रपासँग कुनै छलफल हुन् नसकेको सांसद सन्तोषी शाहीले बताइन्।
संवाददाता । बुधबार, पुष २७, २०७९ मा प्रकाशित