Karnali Media
२०८३ भदौ १४ , आइतबार

कर्णालीको मुख्यमन्त्रीमा शर्माले दाबी पेस गर्दै



सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा माओवादीका राजकुमार शर्मा केही समयमा दाबी पेश गर्दै छन् । बिहीबार दिउँसो बसेको एमाले-माओवादी दलको बैठकले कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको नेकपा माओवादीका नेता कालीबहादुर मल्लले जानकारी दिए।

अब कर्णाली सरकारको पहिलो कार्यकाल नेकपा माओवादीले नेतृत्व गर्नेछ भने दोस्रो कार्यकाल नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले गर्नेछन् ।


यो सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्।

प्रकाशित मिति : २०७९ पुस २७ गते बुधबार