Karnali Media
२०८३ भदौ १४ , आइतबार

मतपत्र समयमै पुग्ने कर्णालीमा सधैं पुस्तक अभाव



कर्णाली प्रदेशका विद्यालय तहका पुस्तक व्यवसायी चालु शैक्षिक सत्रकै पाठ्यपुस्तक कर्णालीमा नपुगेको गुनासो लिएर मंगलबार भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा आए ।

उनीहरूले चालु शैक्षिक सत्रकै पुस्तक विद्यालयमा नपुगेको र नजिकिँदै गरेको वार्षिक परीक्षासमेत विद्यार्थीले बिनाकिताब परीक्षा दिनुपर्ने दयनीय अवस्था रहेको केन्द्रका बजारप्रमुख पार्वती न्यौपानेलाई जानकारी गराए ।


यति मात्र होइन, उनीहरू केन्द्रसँग कागजको चरम अभाव रहेको थाहा पाएपछि आगामी शैक्षिक सत्रमा पनि किताब अभाव हुने चिन्ता व्यक्त गर्दै फर्किए ।

पुस्तक व्यवसायी संघ कर्णली प्रदेश अध्यक्ष कमल नेपालको नेतृत्वमा आएको टोलीले केन्द्रका प्रमुख अनिलकुमार झालाई पनि भेटेर नयाँ शैक्षिक सत्रका लागि समयमै अर्थात माघको पहिलो साताभित्र कर्णाली प्रदेशका सबै विद्यालयमा पुस्तक पुर्‍याइदिन अनुरोध गर्‍यो । टोलीमा पुस्तक व्यवसायी जगत शर्मा, दिलके थापा, चेतनकुमार कँडेल र महेश अधिकारी पनि थिए । आजको नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७९ पुस २८ गते बिहीबार