सुर्खेत । कर्णाली प्रदेशको मन्त्रीमा विनोद कुमार शाह र मंगल शाहीले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहिबार शाह र शाहीले सपथ लिएका हुन् ।
शाह नेकपा एमाले दैलेख क्षेत्र नम्कर २ प्रदेश सभा (ख) र शाही नेकपा माओवादीबाट मुगुबाट निर्वाचित सांसद हुन् । दुवै जनाले विना विभागिय मन्त्रीको सपथ लिएका हुन् । मुख्यमन्त्री शर्माले पनि आजै प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।
संवाददाता । बिहिबार, पुष २८, २०७९ मा प्रकाशित