Karnali Media
२०८३ असार ३ , बुधबार

सुर्खेतका १७ प्रहरी चौकीलाई स्थाई गर्न गृहमन्त्रीलाई उद्योग वाणिज्य संघको ज्ञापन पत्र



सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाको शान्ती सुरक्षा र अमनचयन कायम गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सुक्रबार सुर्खेत उद्योग बाणिज्य संघले गुहमन्त्री रवि लामिछानेलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

गुहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा सुर्खेत जिल्लामा रहेका १७ वटा अस्थाई प्रहरी चौकी लाई स्थाई गर्न आग्रह गरिएको र गृहमन्त्री सकारात्मक रहेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले कर्णाली मिडियालाई बताए । उनले भने, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको ‘ख’ बर्गको नगर प्रहरी कार्यालय लाई स्तरोन्नति गरी ‘क’ बर्गको बनाउन पनि ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ ।


प्रकाशित मिति : २०७९ पुस २९ गते शुक्रबार