सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रमुख पर्यटकीय गन्तव्य प्रादेशिक सहिद पार्क तथा वनस्पति उद्यान पुस ३० गतेदेखि माघ २ गतेसम्म बन्द हुने भएको छ ।
भैरब सामुदायिक बनको क्षेत्राधिकार भित्र रहेको सहिद पार्क प्रवेश गर्ने सडक कालोपत्रे हुने भएकोले शनिबारदेखि तीन दिनसम्म बन्द रहने भैरव सामुदायिक बनले जनाएको छ । हाल प्रादेशिक सहिद पार्कमा सडक स्तरउन्नतिको काम भईरहेको छ ।
संवाददाता । शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित