Karnali Media
२०८३ भदौ २५ , बिहीबार

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेले एक लाख रुपैयाँ दिने



मुगु, पुस ३० । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ।

नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।


दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास गरेको छ ।

प्रकाशित मिति : २०७९ पुस ३० गते शनिबार