सुर्खेत, ३० पुस । वीरेन्द्रनगर सुर्खेतका बिभिन्न होटलहरुको खाद्य स्वच्छताका आधारमा स्तरिकरण गरिएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले सुक्रबार र शनिबार बिभिन्न होटलको स्तरिकरण गरेको हो ।
होटलहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरिकरण चिन्ह पनि प्रदान गरिएको छ । ५० वटा खाद्य स्वच्छताका बिभिन्न सूचकहरुमा गरिएको स्तरिकरणमा होटलहरुलाई अतिउत्तम (३ स्टार), उत्तम (२ स्टार), सन्तोषजनक (१ स्टार) र समान्यमा बर्गिकरण गरिएको छ । साथै धेरैजसो होटलहरुले न्यूनतम सूचक पनि पुरा नगरेको अनुगमनमा पाईएको छ । होटल स्तरिकरण बिशेषतः होटलको भान्सा र होटलमा बन्ने बिभिन्न खाद्य परिकारको स्वच्छताको आधारमा प्रदान गरिएको थियो ।
- तस्बिर : स्तरिकरण चिन्ह प्रदान गर्दै
वीरेन्द्रनगरका करिब २८ होटलमा गरिएको अनुगमनमा ३ होटलहरु (सिदार्थ होटल, सुभ होटल र बज रेष्टुरेन्ट) ले अतिउत्तम (३ स्टार) प्राप्त गरेका छन् । यस्तै चकटी लजले उत्तम (२ स्टार) प्राप्त गरेको छ । साथै १० होटलहरु (कौसिक गार्डेन, सेभ च्वाइस, होटल निर्माणा, होटल नमस्ते नेपाल, बगैचा कटेज, भिनटेज किचेन बार, होटल डि–नमस्ते, थकाली रेष्टुरेन्ट, टास्क इन प्राली, होटल भ्याली भ्यू) ले सन्तोषजनक (१ स्टार) प्राप्त गरेका छन् । ४ होटलहरुले समान्य सूचकहरु पुरा गरेको पाईएको छ ।
बिभिन्न १० होटलहरु सामान्य सूचक पनि पुरा नगरेको भन्दै भान्सा तथा खाद्य परिकारको स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय निरन्तर अनुगमनका कारण होटलहरुमा स्वच्छताका सूचकहरुमा वृद्धि भईरहेको छ । अझै पनि धेरै होटल तथा रेष्टुरेन्टहरुले सामान्य खाद्य सुरक्षालाई ध्यान नदिएको पाईएकोले त्यस्ता होटलहरुलाई एक हप्ता भित्र सूचकहरु पुरा गर्न निर्देशन दिएको पनि प्रमुख थापाको भनाई छ । होटल स्तरिकरण अनुगमनमा म्याद गुर्जेका किभिन्न सामाग्री, अखाद्य बस्तु र लामो समयदेखि भण्डारण गरेर राखिएको करिब १० केजी मासु पनि नष्ट गरिएको छ ।

- तस्बिर : स्तरिकरण चिन्ह प्रदान गर्दै
खाद्य स्वच्छताको बिषय मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको हुनाले सबैले स्वच्छ र स्वस्थ खाद्य परिकार बनाउनुपर्ने होटल व्यावसायिक संघका अध्यक्ष ऐन बहादसर शाहीले बताए । यस्तै सबैलाई खाद्य सुरक्षा र स्वच्छताको जानकारी दिनुपर्ने साथै होटल व्यावसायिकहरुले पनि यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने होटल व्यावसायिक संघका सदस्य गाणेश गुरुङको भनाई छ ।
- तस्बिर : स्तरिकरण चिन्ह प्रदान गर्दै
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख तथा प्रतिनिधि, होटल व्यावसायिक संघका प्रमुख तथा प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि, नगर प्रहरी र पत्रकारको सहभागिता थियो ।
तस्बिरहरु:
- तस्बिर : स्तरिकरण चिन्ह प्रदान गर्दै
- तस्बिर : नष्ट गरिएको मासु
संवाददाता । शनिबार, पुष ३०, २०७९ मा प्रकाशित