Karnali Media
२०८३ भदौ १४ , आइतबार

कर्णाली प्रदेशको सभामुखको लागि नन्दा गुरुङ र खड्ग पोखरेलको उम्मेदवारी



सुर्खेत । कर्णालीको सभामुखको लागि नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको छ। प्रदेश सभाको कार्यालयका पुगेर सत्तारुढ गठबन्धनको तर्फबाट गरुङले उम्मेदवारी दर्ता गराउँदा नेपाली काँग्रेसबाट पोखरेलले दिन उम्मेदवारी दर्ता गराएका हुन्।


सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो । एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत रहेको छ। उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ। सभामुखको निर्वाचन आइतबार बिहान ११ बजे हुनेछ।

प्रकाशित मिति : २०७९ पुस ३० गते शनिबार