Karnali Media
२०८३ भदौ १४ , आइतबार

यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त



काठमाडौं, १ माघ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।


जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार