सुर्खेत । कर्णाली प्रदेश सभाको सभामुखमा नेपाली काँग्रेसका खड्ग पोखरेल पराजित भएका छन् । उनको पक्षमा १४ मत प्राप्त हुदा बिपक्षमा २४ मत आएको छ । प्रदेश सभाको सभाध्यक्ष गरेका जेष्ठ सदस्य हिक्मत बहादुर विष्टले उनको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका छन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा ३८ जनाको उपस्थिती रहेकोमा पोखरेलको पक्षमा १४ र विपक्षमा २४ मत प्राप्त भएको थियो ।
अहिले नेकपा एमालेका नेता यामलाल कंडेलले एमालेबाट नन्दा गुरुङलाई समामुखको रुपमा प्रस्ताव गरेका छन् ।
संवाददाता । आइतबार, माघ ०१, २०७९ मा प्रकाशित