Karnali Media
२०८३ असार ३ , बुधबार

कर्णाली प्रदेशको सभामुख गुरुङले गरिन सपथ तथा पदभार ग्रहण



सुर्खेत । कर्णाली प्रदेश सभाको सभामुख नन्दा गुरुङले पद तथा गोपनियताको सपथ लिएकी छन् । आइतबार प्रदेश प्रमुख तिलक परियारबाट उनले पद तथा गोपनियताको सपथ लिएकी हुन् ।

आइतबार कर्णाली प्रदेश सभाबाट सभामुखमा निर्वाचित भएकी गुरुङले प्रदेश सभा नियमावली २०७९ को नियम ८ बमोजिम सपथ ग्रहण गरेकी हुन् । सपथ ग्रहण पश्चात आजै सभामुख गुरुङले पदभार ग्रहण पनि गरेकी छन् ।


४० सदस्यीय कर्णाली प्रदेश सभाबाट २४ मत प्राप्त गर्दै विजयी भएकी सभामुख गुरुङलाई नेकपा माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ जना सांसदले मत दिएका थिए ।

 

प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार