Karnali Media
२०८३ असार ३ , बुधबार

जुम्लामा जीप दुर्घटना हुदा १ को मृत्यु, ९ जना घाइते



सुर्खेत । जुम्लामा जीप दुर्घटना हुँदा हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ‌पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन्।

जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेर सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ।


प्रकाशित मिति : २०७९ माघ २ गते सोमबार