सुर्खेत । सुर्खेतमा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । मंगलबार वीरेन्द्रनगर सुर्खेतमा विभिन्न विपद्हरुको बेला कसरी सुरक्षित उद्धार गर्ने भन्नेबारे कृत्रिम घटना अभ्यास गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र रेडक्रस लगायतका बिभिन्न संघ संस्थाहरुको समन्वयमा भुकम्प दिवसको अवसरमा यो कार्यक्रम गरिएको हो । सोमबार हुने भनिएको कार्यक्रम पोखरामा भएको विमान दुर्घटनाका कारण दुःख व्यक्त गर्दै नेपाल सरकारले शोक बिदा दिएको हुँदा उक्त कार्यक्रम मंगलबार गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
घटना अभ्यासमा भुकम्प, आगलागि तथा दुर्घटना हुदा कसरी उद्धार गर्ने । घाइतेहरुको प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे कृत्रिम अभ्यास गरिएको थियो । साथै बिभिन्न संघ संस्थाहरुको भूमिका के रहन्छ ? विपद्को बेला उद्धार, प्राथमिक उपचार, रहात र पुर्नस्थापनाका प्रक्रियाको बारेमा कृत्रिम अभ्यास गरिएको थियो ।
उक्त घटना अभ्यासमा नेपाल प्रहरी, सशत्र प्रहरी र रेडक्रसको विपद् व्यावस्थापन प्रतिकार्य तालिम प्राप्त स्थानीयहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।
तस्बिरहरु :
संवाददाता । मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित