Karnali Media
२०८३ जेठ २७ , बुधबार

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही



सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रमुख सचेतक बनाएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा मनोनीत गरेका हुन् ।

शाही जुम्लाबाट निर्वाचित सांसद हुन् । उनले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराएका थिए ।


प्रकाशित मिति : २०७९ माघ ४ गते बुधबार