Karnali Media
२०८३ जेठ २७ , बुधबार

कर्णालीको उपसभामुखमा यसोदा न्यौपाने निर्वाचित



सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यसोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार भएको प्रदेश उपसभामुखको निर्वाचनमा न्यौपानेले २४ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा उपसभामुखको निर्वाचनमा ३८ जनाले भाग लिएका थिए । माओवादीकी न्यौपानेले २४ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी इन्द्रा कुमारी शाहीले १४ मत प्राप्त गरेकी थिइन् ।


न्यौपानेलाई माओवादी केन्द्रका, नेकपा एमालेका, र राप्रपाका सांसदले मत दिएका थिए । गठबन्धनको केन्द्रीय समिकरण अनुसार एमालेले सभामुख र काँग्रेसलाई उपसभामुख पाएका थिए थियो । सभामुखमा यसअघि नै नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भइसकेकी छन् ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधबार