सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यसोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार भएको प्रदेश उपसभामुखको निर्वाचनमा न्यौपानेले २४ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा उपसभामुखको निर्वाचनमा ३८ जनाले भाग लिएका थिए । माओवादीकी न्यौपानेले २४ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी इन्द्रा कुमारी शाहीले १४ मत प्राप्त गरेकी थिइन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
न्यौपानेलाई माओवादी केन्द्रका, नेकपा एमालेका, र राप्रपाका सांसदले मत दिएका थिए । गठबन्धनको केन्द्रीय समिकरण अनुसार एमालेले सभामुख र काँग्रेसलाई उपसभामुख पाएका थिए थियो । सभामुखमा यसअघि नै नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भइसकेकी छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, माघ ०४, २०७९ मा प्रकाशित