सुर्खेत । आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । सुक्रबार प्रदेश सभामा शर्माले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री शर्मालाई २५ जनाले विश्वासको मत दिएका छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा ९माओवादी केन्द्र० को १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १र१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको मत उनले प्राप्त गरेका हुन् । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो ।
पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले १० दिन पछि विश्वासको मत लिएका हुन् ।
संवाददाता । शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित